क्विन्टलका क्विन्टल गाँजा तस्करी

क्विन्टलका क्विन्टल गाँजा तस्करी

मकवानपुरबाट भारतीय ट्रकमा सयौं केजी गाँजा भारत तस्करी हुन थालेको छ । केही दिनअघि ट्रकमा राखेर लैजाँदै गरिएको गाँजापछि आज फेरी दुई सय केजीभन्दा बढी गाँजा हेटौंडामा समातिएको हो ।

गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम गाँजा सहित दुई जना र नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ना.६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो गाँजा सहित एक जना समातिएका हुन् ।पक्राउ पर्नेहरुमा ट्रक चालक भारत मोतिहारीका ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ वर्षीय मुक्तार सैफिक तथा कन्टेनरका सह–चालक नुवाकोट बेलकोटगढी नगरपालिका–४ का १९ वर्षीय दिपक गुरुङ हुन् ।

उनीहरुले उक्त परिमाणको गाँजा ट्रक र कन्टेनरमा लुकाई छिपाई लैजान लागेको अवस्थामा प्रहरीले गरेको चेक जाँचमा फेला परेको हो ।

टिप्पणीहरू