टाउको दुखेको ओखती नाइटोमा भनेझैँ यातायात व्यवसायीहरुको धर्ना बैंकर्स संघमा

टाउको दुखेको ओखती नाइटोमा भनेझैँ यातायात व्यवसायीहरुको धर्ना बैंकर्स संघमा

आफ्ना सात बुँदे माग तत्काल पूरा गर्न आग्रह गर्दै यातायात व्यवसायीहरुले नेपाल बैंकर्स संघमा धर्ना दिएका छन् । तर उनीहरुका माग सबै सरकारी निकायसँग सम्बन्धित भएकाले धर्ना दिइएको संस्थासँग कुनै सरोकार नराख्ने देखिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आयोजनामा सहभागीहरुले नेपाल बैकर्स एशोसियसनमा आज बिहान धर्ना दिएका हुन् । उनीहरुको माग नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र यातायात मन्त्रालयसँग सम्बिन्धत भए पनि धर्ना चाँहि बैंकर्स संघमा दिनुलाई कतिपयले टाउको दुखेको ओखती नाइटोमा दलेझैँ भनेका छन् ।

संघका केन्द्रीय अध्यक्ष डोलनाथ खनाल नेतृत्वको धर्नामा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष पूर्ण तामाङ लगायतले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।उनीहरुले कोभिडका कारण थला परेका व्यवसायीहरुको माग सुनुवाई गर, उपयुक्त मौद्रीक नीति ल्याई यातायात व्यवसायीहरुको बाँच्ने आधार तय गर, स्वदेशी पुँजीको सुरक्षण हुने गरि मौद्रिक नीति लागू गर, व्यवसायीमैत्री मौद्रिक नीति जारी गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

उनीहरुले कोभिड खोप, यातायातको भाडा एवम् टयाक्सीको सुरुवाती कल समायोजन, मौद्रीक नीति, बीस वर्ष पुगेका सवारिको आयु, सवारी साधनको बीमामा छुट, सडक कानुन लागू, सवारी साधनको कागजपत्र नवीकरण र जरिवाना छुट सम्बन्धमा विभिन्न माग राखेका थिए ।

टिप्पणीहरू