स्रोत नखुलेको ५ लाखसहित महिला पक्राउ

स्रोत नखुलेको ५ लाखसहित महिला पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट स्रोत नखुलेको १ हजार दरको ५ सय थान गरी ५ लाख रुपैयाँसहित मलंगवा नगरपालिका–३ का ३० वर्षीया रेहाना खातुनलाई प्रहरीको फन्दामा परेकी छन् ।

प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यायल सर्लाहीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा झोलाभित्र राखेको उक्त स्रोत नखुलेको नगदसहित उनी पक्राउ परेकि हुन् ।

टिप्पणीहरू