आन्दोलनको अवज्ञा र अटेर गरेका पेट्रोलपम्प बन्द गराएको विद्यार्थी संगठनको दाबी

आन्दोलनको अवज्ञा र अटेर गरेका पेट्रोलपम्प बन्द गराएको विद्यार्थी संगठनको दाबी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीलगायतका माग राखेर पाँच विद्यार्थी संगठनले पछिल्लो केही दिन यता आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

महामारीको समयमा आयल निगम घाटामा गएको तर्कमा मूल्यवृद्धि गरिएकोमा असहमति जनाउँदै उनीहरुले आज कुनैपनि पेट्रोल पम्प तथा इन्धन ढुवानी गर्ने ट्याङकर सञ्चालन गर्नमा रोक लगाएका थिए ।आफ्नो घोषित आन्दोलनको अवज्ञा गरि सञ्चालन गरिएका दुई वटा पेट्रोल पम्प संगठनले बन्द गराएको जनाएको छ । ललितपुर बालकुमारीस्थित युनिक फ्युल सेन्टर र ग्वार्कोस्थित नमस्ते आयल स्टोर बन्द गराएका हुन् ।

त्यस्तै, संगठनले निगम मातहतका सम्पूर्ण ब्यवसायीहरुलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको अवज्ञा गरेर पेट्रोल पम्प र इन्धन ढुवानीका ट्याङ्कर सञ्चालनमा ल्याइएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति स्वयम् सञ्चालक जिम्मेवार रहनुपर्ने समेत बताएको छ ।

टिप्पणीहरू