ललितपुरमा २२ वर्षीया र उदयपुरमा १५ वर्षीया बलात्कृत

ललितपुरमा २२ वर्षीया र उदयपुरमा १५ वर्षीया बलात्कृत

ललितपुर र उदयपुरमा एक जना महिला एक जना किशोरी बलात्कृत भएका छन् । उनीहरुलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पाटीस्थित डेरा गरी बस्ने महोत्तरी भगाह नगरपालिका–७ घर भएका ४० वर्षीय मदनकुमार सिंह थारु पक्राउ परेका हुन् । थारुले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेका थिए ।

उता उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–३, हडैया बस्ने २६ वर्षीय दुर्गाकुमार थापा मगरलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेका थिए ।

टिप्पणीहरू