अर्थमन्त्रीसहित तीन जनाको आज पदभार ग्रहण, कानुनमन्त्रीले हिजै गर्नुभयो

अर्थमन्त्रीसहित तीन जनाको आज पदभार ग्रहण, कानुनमन्त्रीले हिजै गर्नुभयो

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहण गरेका छन् । मङ्गलवार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका मन्त्री शर्माले बुधवार मन्त्रीको कार्यभार सम्हालेका हुन् ।

पदबहाल पछि पहिलो निर्णय गर्दै उनले कोरोना विरुद्धको खोप खरिदका लागि तत्काल थप ५ अर्ब रुपैंया निकासाको स्वीकृति प्रदान गरेका छन् ।

यस्तै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृत गरेको छ । हिजै बसेको पहिलो क्याविनेट बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय भए पनि पूर्ण कार्यन्वयन हुन सकेको थिएन् ।

आर्ज गृहमन्त्री बालकृष्ण खाँडले पनि पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मङ्गलवार नै पदभार ग्रहण गरेका थिए ।

टिप्पणीहरू