रथयात्रा शैलीमा ओलीको घर फिर्ती, मुसलधारे पानीले अरुको बिजोग

रथयात्रा शैलीमा ओलीको घर फिर्ती, मुसलधारे पानीले अरुको बिजोग

हिजोदेखि पदमुक्त हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज मध्यान्ह सरकारी निवास बालुवाटारबाट निजी निवास भक्तपुरको बालकोट जानको निम्ति एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले सुरक्षा दस्तासहित एस्कर्टिङ तयारी गरेको छ ।

निजी निवास भक्तपुरको बालकोट

बालुवाटारमा गत बैशाखमा रामनवमीका दिन चितवनको ठोरीमा राम, सिता र लक्ष्मणको मूर्ति लैजान रथयात्राको तयारी गरेझैँ आज पनि त्यस्तै सिंगारपटार गरिएको छ ।तयारीको बीचमा बालुवाटार क्षेत्रमा परेको मुसलधारे वर्षाले प्रदर्शनको लागि त्यहाँ पुगेकाहरु तितरबितर भएका छन् ।

उता प्रदर्शनको लागि महेन्द्ररत्न क्याम्पस ताहाचलबाट पंकज भण्डारीको नेतृत्वमा २० वटा मोटरसाइकलमा अनेरास्ववियुका ३० जना विद्यार्थी भृकुटीमण्डप पुगेका थिए ।नारा लगाउँदै ब्यानर बोकेर उनीहरु ताहाचल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भृकुटीमण्डपमा जम्मा भएको समूहमा मिसिएको थियो । भृकृटीमण्डपमा अखिलका अध्यक्ष एन महरको नेतृत्वमा जम्मा भएकाहरु बालुवाटारदेखि बालकोटसम्म जान झण्डै एक सय वटा मोटरसाइकलमा बालुवाटारतर्फ गएका हुन् ।

उनीहरुले केपी ओली जिन्दावाद, सर्वोच्चको फैसला फिर्ता गर, अनेरास्ववियु जिन्दावाद, चोलेन्द्र शमसेर मुर्दावाद, एमाले जिन्दावाद नारा लगाएका थिए । टोली गैह्रिधारा पुगेपछि परेको भीषण वर्षाले सबैलाई छिन्नभिन्न बनाएको बताइएको छ ।

दिउँसाे २ बजेकाे हाराहारीमा ओलीले बालकाेट पुगेर घरकाे माथिल्लाे भागबाट उनीहरूलाइ हात हल्लाउनुभएकाे थियाे ।

टिप्पणीहरू