बालकुमारीमा उपेन्द्र र अष्ट्रेलियन राजदूतको भलाकुसारी

बालकुमारीमा उपेन्द्र र अष्ट्रेलियन राजदूतको भलाकुसारी

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अष्ट्रेलियन राजदुत फेलिसिटीबीच आज बिहान भेटवार्ता भएको छ ।

उहाँहरुबीच ललितपुर महानगरपालिका ८, बालकुमारीस्थित जसपाको केन्द्रीय कार्यलयमा आज बिहान ११ बजे भेटघाट भएको हो । त्यसक्रममा पार्टीका विदेश विभाग प्रमुख रकम चेम्जोङको समेत उपस्थिति थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको नयाँ सरकारमा जसपा समेत सहभागी हुँदैछ । यादवलाई सम्भावित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको रुपमा समेत एकथरिले हेर्न थालेका छन् ।

टिप्पणीहरू