मध्यराति चोरेकै हो त महोदय ?

पशुपति क्षेत्र विकास कोषबाट एक रुपैयाँ सेवा–सुविधा नलिएको दाबी गर्ने सदस्य–सचिव गोविन्द टण्डनले दैनिक तीन लाखको बालुवा खाइरहेका छन् । पशुपति क्षेत्र विकास कोषले वर्षौंदेखि काठमाडौंको मूलपानीमा बालुवाखानी चलाउँदै आएको छ ।

कानुनी रूपमा मान्यता पाएको ठेकेदारलाई अप्ठ्यारोमा पारी त्यहाँबाट रातको १२ बजेपछि बालुवा चोरी हुने गरेको आरोप छ । एक ट्रिप बालुवाको बजारमूल्य झण्डै १२ हजार हाराहारी पर्छ । यसरी बालुवा चोरी गर्दा कोषमा दाखिला गर्नु नपर्ने भयो । यससम्बन्धमा कार्यकारी निर्देशक रमेश उप्रेतीसँग जनआस्थाले जिज्ञासा राख्दा हाललाई कुनै पनि ठेकेदारको नवीकरण नभएको कारण बालुवा निकासी रोकिएको बताए ।

सञ्चालक समितिकै सदस्यको मिलेमतोमा मध्यराति बालुवा चोरिनेबारे सत्यता नभएको बताउँदै प्रहरी र प्रशासनको सहयोग लिएर अब छिट्टै मूलपानीस्थित रहेको बालुवाखानीमा गार्ड खटाइने जिकिर गरे ।

टिप्पणीहरू