अखिलको अर्को पक्ष कार्यकर्ता भेलामा जुट्यो

अखिलको अर्को पक्ष कार्यकर्ता भेलामा जुट्यो

नेकपा एमालेसम्बध्द अनेरास्ववियुको वरिष्ठ नेता माधवकुमार नेपाल निकट समूहले बृहत उपत्यकास्तरीय कार्यकर्ता भेला बोलाएको छ ।

भोलि दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा बोलाइएको भेलामा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका अखिलका सबै नेता तथा कार्यकर्तालाई आमन्त्रण गरेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हिजोदेखि सत्ताविमुख भएको सन्दर्भमा बोलाइएको उक्त कार्यकर्ता भेलालाई अर्थपूर्ण ठानिएको छ ।

टिप्पणीहरू