शीतल निवासको सूचना र नविनाले बिहानै दिएको संकेत

शीतल निवासको सूचना र नविनाले बिहानै दिएको संकेत

राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी गठबन्धनमा रहनुभएका नेपाली काँग्रेसका नेता शेरबहादुरलाई हिजो राति प्रधानमन्त्री पदको शपथ दिलाउनुभएको छ । नियुक्तिको भाषा नमिलेका कारण साँझ ६ बजेलाई तोकिएको समारोह झण्डै साढे दुई घण्टा पछि धकेलिएको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा र उपधारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसलाबमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको सूचना जारी गरेपछि लफडा शुरु भएको हो ।

धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको विवरण सार्वजनिक नभएसम्म शपथ नलिने देउवाको अडानपछि शीतल निवासमा प्रधानन्यायाधीश समेतको उपस्थितिमा घण्टौं कानुनी परामर्श भयो । अन्ततः राष्ट्रपति भण्डारी धारा ७६ (५) बमोजिम शपथ ग्रहण गराउन तयार भएपछि झण्डै सवा ८ बजे मात्र शपथ ग्रहण गराइएको हो । यद्यपि शपथ ग्रहणपछि जारी मन्त्रिपरिषद गठनको सूचनामा पनि सँविधानको उपयुक्त धारा उधृत नगरिएकोमा गुनासो कायमै छ ।

लामाले सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री तोक्ने अदालतले होइन ? को हो चोलेन्द्र ? यसले गलत नजिर बस्नेछ । संसदले बनाउने हो प्रधानमन्त्री ! यो हो हामीले स्वीकार्ने विधी ! हामी राष्ट्रपतिको कदम पर्खिरहेका छौं’भनेर लेखेकी छन् ।

प्रधानमन्त्रीको शपथपछि राष्ट्रपतिले देउवालाई बधाईसमेत नदिई हिंडेको समेत टेलिभिजनको प्रत्यक्ष प्रशारणमा देखियो । अन्ततः उहाँले किन त्यसरी विवादमा आउने काम गर्नुभयो होला ? बाघ कराउने र बाख्रा हराउने भनेझैँ प्रधानमन्त्रीले दिउँसो तीन बजे देउवा अदालतको परमादेशमा बन्नुभएको र आफू जनादेशमा प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको थियो । ठ्याक्कै त्यसको दुई घण्टापछि शीतल निवासले संविधानको धारा उल्लेख नगरी देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको सूचना जारी गरेको हो ।

प्रधानमन्त्रीको टिप्पणी र शीतल निवासको सूचनाको भाषा आकस्मिक सँयोग मात्र भएको मान्न नसकिने टिप्पणी गर्दै राजनैतिक नेताहरु भन्छन्- राष्ट्रपतिले औपचारिक कार्यक्रममा नदेखाउनुभएको शिष्टाचार नै यति कुरा बुझ्न काफी छैन र ! अघिल्लो पटक केपी ओलीको शपथ ग्रहणमा देखिएको राष्ट्रपतिको निरिहता र हिजो देउवालाई बधाई दिनमा कन्जुस्याइँलाई सामान्य नागरिकले पनि तुलना गरेका छन् ।

यता,राष्ट्रपतिको हिजोको कदम र एमालेनिकट अखिलकी पूर्व अध्यक्ष तथा सभासद् नवीना लामाको हिजो बिहान सामाजिक सञ्जालको स्टाटसले पनि बेलुकी शीतल निवासबाट प्रकाशित सूचना तथा देखाइएको व्यवहारवीच आकस्मिक संयोग खोजेको देखिन्छ । उनले आफूहरू राष्ट्रपतिको कदमको व्यग्र प्रतिक्षामा रहेको आशय व्यक्त गरेकी थिइन् ।

लामाले सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री तोक्ने अदालतले होइन ? को हो चोलेन्द्र ? यसले गलत नजिर बस्नेछ । संसदले बनाउने हो प्रधानमन्त्री ! यो हो हामीले स्वीकार्ने विधी ! हामी राष्ट्रपतिको कदम पर्खिरहेका छौं’भनेर लेखेकी छन् ।

टिप्पणीहरू