दलबदलुहरु दिनदहाडै दैलो धाउन थाले

दलबदलुहरु दिनदहाडै दैलो धाउन थाले

लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पूर्वाधार मन्त्रीले सुटुक्क काठमाडौं पुगेर नेकपा माओवादी अध्यक्ष प्रचन्डलाई भेटेका छन् ।

जसपा महन्थ ठाकुर समूहबाट ओली निकट शंकर पोख्रेलको क्याबिनेटमा मन्त्री बनेका सन्तोष पाण्डेले प्रचन्डलाई भेट्नुले लुम्बिनी प्रदेशमा सरकार फेरिने संकेत देखिएकाे छ ।

यसअघि जसपाकै सुमन रायमाझीले राज्यमन्त्रीबाट राजिनामा दिईसकेकी छन् । यद्यपि उनकाे राजीनामाकाे बिषयमा कुनै सुनुवाई भएकाे छैन ।

पाण्डे मुख्यमन्त्री शंकर पाेखरेलकाे सरकार ढालेर माअाेवादी नेता कुलप्रसाद केसीकाे नेतृत्वमा सरकार बनाउने लिखित सहमति गरेकाे दुईघण्टा नबित्दै पुनः पाेखरेललाई मुख्यमन्त्री बनाएर पार्टीकाे निर्देशन बिपरित हिंडेका हुन् ।

उनलाई उपेन्द्र यादव समूहले पार्टीबाट निश्कासन गरेकाे थियाे । विगतमा उपेन्द्र यादवकाे नजिक भएर धेरै फाईदा लिएका उनी पछिल्लो पटक लुम्बिनी प्रदेश सरकारमा महन्थ ठाकुर लाइनमा उभिएर मन्त्री बन्न सफल भए ।

गएकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे रुपमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट जितेका पाण्डे कहिले स्वतन्त्र ,कहिले फाेरम , कहिले जसपा हुँदै यतिबेला माओवादी नजिक देखिन थालेका छन् ।

पाण्डेका निकटम प्रतिद्वन्दी अनुप बराल बिश्वास यतिबेला माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि उनी साेहि पदमा आगामी निर्वाचनमा लड्ने याेजनाका साथ प्रचन्डलाई भेट्न उनकाे निजी निवासमा पुगेकाे बताईएकाे छ ।

टिप्पणीहरू