ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उनकै छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृत्यु भएको हो ।

उनीहरुमध्ये आर्यनको घटनास्थलमा र नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ, त्रिपुरासुन्दरी बस्ने २० वर्षीय जीवन घर्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिरहा र मोरङमा करेन्ट लागेर र डुबेर २ जनाको मृत्यु भएको छ ।

सिराहको धनगढीमाई नगरपालिका–१२ बस्ने ४५ वर्षीय प्रमोद यादवको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय पोखरीमा भैंसीलाई पानी खुवाउन पानी तान्न प्रयोग गरिएको मोटरबाट करेन्ट लागेको कारण उनको घटनास्थलमै मृत्यु भएको हो ।

उता मोरङको जहदा गाउँपालिका–२, मुसहरी टोल बस्ने ४० वर्षीय दिलचन रिषिदेवको आफ्नै घर छेउमा रहेको पानीको खाल्डोमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।

टिप्पणीहरू