वृद्धाको कुटपिट गरी हत्या

वृद्धाको कुटपिट गरी हत्या

नवलपरासी (पश्चिम) मा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाल्हीनन्दन गाउँपालिका–६, राजाबारी बस्ने ७० वर्षीय शिवाप्रसाद तेलीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ वर्षीय बलिराम गुप्तालाई आज प्रहरीले पक्राउ गरेको हो ।

बाँस काट्ने विषयमा विवाद हुँदा गुप्ताले शुक्रबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका तेलीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

एउटी महिलामाथि ४ जनाले जबरजस्ती

उदयपुरमा ३७ वर्षीय महिलामाथि चार जनाले जबरजस्ती करणी गरेका छन् । असार १५ गते राति जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र अरु दुई जना १८ वर्षीय किशोरहरु रहेका छन् ।

टिप्पणीहरू