विद्यार्थीहरुले भोलिदेखि पेट्रोल पम्प र ट्याङ्कर ठप्प पार्ने

विद्यार्थीहरुले भोलिदेखि पेट्रोल पम्प र ट्याङ्कर ठप्प पार्ने

आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले भोलिदेखि सम्पूर्ण पेट्रोल पम्प र ट्याँकरहरु ठप्प पार्ने बताएका छन् ।

पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यबृद्धिको बिरोध गर्दै पाँच राजनीतिक दलनिकट विद्यार्थी संगठनले नेपाल आयल निगमका १२ वटा बिक्री केन्द्रहरु भोलिबाट बन्द गर्ने बिरोध कार्यक्रम यसअघि नै तय गरेका हुन् ।

संगठनको बिरोध कार्यक्रममा सक्रिय तवरले सहभागी हुन सम्बन्धित भूगोल/जिल्लाका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुले अनुरोध समेत गरेको छ ।

भोलिदेखि बन्द गराउन खोजिएका बिक्री केन्द्रहरुमा धनगढी,दिपायल, नेपालगन्ज,सुर्खेत,दाङको तुलसीपुर, पोखरा,बुटवल,अमलेखगञ्ज, जनकपुर,बिराटनगर,झापा र वीरगन्ज रहेका छन् ।

टिप्पणीहरू