चट्याङले दुई खेतालाको मृत्यु

चट्याङले दुई खेतालाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका ३ बगहामा मंगलबार दिउँसो वर्षासँगै आएको चट्याङले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ बगहाका ३९ वर्षिय ललिता सदा र ठाडी बस्ने ३० वर्षिय फुलकुमारी सदा रहेको प्रहरी जनाएको छ।

उनीहरूलाई बगहामा धान रोपिरहेका चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभएको छ । घाइते उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू