ललितपुरमा कस्तुरीको विना बेच्न खोज्ने समातिए

ललितपुरमा कस्तुरीको विना बेच्न खोज्ने समातिए

ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना बेच्न खोज्ने दुई जना पक्राउ परेका छन् । २५ ग्राम तौल भएको १ थान विनासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगञ्ज गाउँपालिका–३ बस्ने ३५ वर्षीय उदयकुमार कोइराला रहेका छन् ।संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको सुराकीको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरीमा पेश गरिएको व्यूरोले जनाएको छ ।

टिप्पणीहरू