आज पनि १२ को ज्यान गयो, संक्रमण पुष्टीदर उस्तै

आज पनि १२ को ज्यान गयो, संक्रमण पुष्टीदर उस्तै

कोरोनाबाट आज १२ जनाको ज्यान गएको छ । २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ७८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ५८ पीसीआर तथा ३ हजार ९ सय ५४ एन्टिजेन गरी ११ हजार १२ जनामा परीक्षण गरिएको थियो ।

परीक्षण गर्नेको संख्या घटे पनि संक्रमण दरमा खासै कमी आएको छैन । आज संक्रमणदर झण्डै २२ प्रतिशतको हाराहारीमा रहेको छ ।

आज मुलकभर २६ हजार २ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू