दिउँसै अटोमेटिक पेस्तोलसहित सडकमा

दिउँसै अटोमेटिक पेस्तोलसहित सडकमा

सिरहामा अटोमेटिक पेस्तोल बोकेर सडकमा निस्केका दुई जना पक्राउ परेका छन् ।

गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचामा मेड इन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल बोकेर हिँडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१०, पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रूपेस यादव हुन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आँपको बगैंचा जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको हो ।

टिप्पणीहरू