यातायात कार्यालयमा व्यवसायीहरुको धर्ना

यातायात कार्यालयमा व्यवसायीहरुको धर्ना

यातायात व्यवसायीहरुले भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्नेलगायतका ७ बुँदे माग राख्दै आज यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् ।

उनीहरुले यातायातसँग सम्बन्धित सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्नेलगायत माग राखेका छन् ।

व्यवसायीले सवारी साधनको बीमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, सवारी साधनका कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने एवम् ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने समेत माग गरेका छन् ।

आफूहरुको माग सम्बन्धित सरोकारवाला निकायसमक्ष पटक–पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।

यातायात व्यवसायीले निषेधाज्ञाका कारण व्यवसाय नै धरापमा परेकाले विशेष राहत माग गरेका छन् । उनीहरुले धर्नाको क्रममा प्लेकार्ड प्रदर्शन र नाराबाजी समेत गरेका थिए ।

टिप्पणीहरू