ललितपुरको दुर्गम भेगमा वृद्धद्वारा बालिकामाथि जबरजस्ती

ललितपुरको दक्षिणी दुर्गम भेगमा एकजना वृद्धले सात वर्षीया बालिकामाथि जबरजस्ती गरेका छन् ।

कोन्ज्योसोम गाउँपालिका–१, चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावाले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका थिए ।

वृद्धले बालिका करणी गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरी टोलीले घ्यावालाई हिजो पक्राउ गरेको हो ।

टिप्पणीहरू