“जनादेश मलाई थियो,देउवालाई परमादेश भयो”-केपी ओली

“जनादेश मलाई थियो,देउवालाई परमादेश भयो”-केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफूलाई भएपनि सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परमादेश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा देशवासीका नाममा आज अन्तिम सम्बोधन गर्दै ओलीले आफू जनादेशले पदमुक्त हुनु नपरेकाले रत्तिभर चिन्ता नरहेको पनि बताउनुभयो । आफूमा पदीय लालचमा नरहेको दाबी गर्दै ओलीले पाँच वर्षअघि पनि यसैगरी पदमुक्त हुनुपरेको स्मरण गर्नुभयो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा हिजो फैसला सुनाउँदै सर्वोच्चले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउनुभएका ओलीले अदालतले बहालवाला प्रधानमन्त्रीलाई हटाएर विश्व न्यायिक प्रणालीमा अनौठो इतिहास बनेको दाबी गर्नुभयो ।

टिप्पणीहरू