कलंकीमा ७ जना जुवाडे खालबाटै पक्रिए

कलंकीमा ७ जना जुवाडे खालबाटै पक्रिए

काठमाडौंको कलंकीमा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशमलगायत सात जना सोमबार साँझ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १७ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

टिप्पणीहरू