देउवा प्रधानमन्त्री नियुक्त, साँझ शपथ

देउवा प्रधानमन्त्री नियुक्त, साँझ शपथ

सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको बताइएको छ । सपथग्रहणपछि देउवाले कांग्रेस र माओवादी केन्द्रबाट दुई-दुई जनालाई समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गर्नुभएको बुझिएको छ ।देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा सर्वोच्च अदालतले हिजो परमादेश जारी गरेको थियो ।

टिप्पणीहरू