छलफलमा जुट्यो युवासंघ

छलफलमा जुट्यो युवासंघ

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध हिजैदेखि आन्दोलन थालेको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

बुध्दनगरस्थित अल्फा हाउसमा मध्यान्ह १२ बजेदेखि बसेको बैठकमा सांसदसमेत रहेका एमाले नेता महेश बस्नेत,युवासंघका अध्यक्ष किरण पौडेल,पूर्वअध्यक्ष बचनबहादुर सिंहलगायतका नेताहरु सहभागी भएको बताइएको छ ।

युवाहरुलाई अदालतको फैसलाविरुद्ध सडकमा उतार्ने योजनाका साथ बस्नेतसहितका नेताहरु छलफलमा जुटेका हुन् । बस्नेतकै अगुवाइमा हिजो उपत्यकाका विभिन्न ठाउँमा युवासंघका कार्यकर्ताले अदालतविरुद्ध प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू