पुत्ला जलाउनेको आफ्नै हात जल्यो,केपी ओली भोलि मात्र बालकोट सर्ने

पुत्ला जलाउनेको आफ्नै हात जल्यो,केपी ओली भोलि मात्र बालकोट सर्ने

प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोट सर्ने साइत भोलिलाई सरेको छ । आज दिउँसो पार्टी स्थायी समितिको बैठक र बेलुकासम्ममा सामानहरुको प्याकिङ्ग सक्ने तयारी छ ।

आज बेलुका प्रधानमन्त्री नियुक्त हुने शेरबहादुर देउवा भने साइत हेराएर दुई चार दिनपछि बल्ल बालुवाटार सर्नुहुने छ । सोही बैठकमा सहभागी हुनेवारे अहिले वरिष्ठ नेता माधवकुमार नेपालसङ्ग भलाकुसारी गर्न स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे कोटेश्वर पुग्नुभएको छ ।

नेपाल समूहको सहभागितावारे सबै स्थायी समिति सदस्यवीच भर्चुअल विधिबाट सरसल्लाह हुँदैछ । उता हिजो राती प्रधान न्यायाधीशको पुत्ला जलाउने क्रममा एमाले युवा र अखिलका दुई कार्यकर्ता हिजो बेलुका चितवनको भरतपुरमा आफ्नै हात जलेर घाइते भएका छन् ।

टिप्पणीहरू