आजदेखि अर्को अभियान, चिनियाँ र अमेरिकी खोप क- कसलाई ? « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

आजदेखि अर्को अभियान, चिनियाँ र अमेरिकी खोप क- कसलाई ?

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १०:३०


सरकारले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन हुने जनाउँदै खोप लगाउने लक्ष्यित समूहसमेत निर्धारण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोपको हकमा लक्षित समूह निर्धारण गरेको हो ।विभागले भेरोसेल खोप ५५ वर्षभन्दा माथिका कोभिड बिरुध्दको पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकले लगाउनसक्ने बताएको छ ।

यस्तै,भेरोसेल खोप विश्वविद्यालयका सबै प्राध्यापक, कर्मचारी,सार्वजनिक यातायातमा कार्यरत चालक,सहचालक,नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी जनशक्ति तथा खोप अनिवार्य गरिएका देशमा जानुपर्ने नेपाली नागरिकहरूले पनि लगाउन सक्ने छन् । जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५५ वर्षसम्मका र पहिलो मात्रा लगाउन बाँकी सबैले लगाउन सक्नेछन् ।

उक्त खोप पूर्ण र अति अशक्त, अपाङ्गता (वर्ग क र ख), नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले लगाउन सक्ने छन् । खोप लगाउन जाँदा आधिकारिक परिचयपत्र अनिवार्य साथमा लैजान अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !