उत्पादन पनि के हो के हो

जापानको एउटा कम्पनीले सोलारजडित ज्याकेट बजारमा ल्याएको छ । २ हजार ४ सय ८० डलर पर्ने सो ज्याकेट जुन्या वातानाबेले डिजाइन गरेका हुन् । ‘एफडब्लु–१६’ नाउँ दिइएको ज्याकेटमा त्यस्तो उपकरण जडान गरिएको छ, जसले सूर्यको किरण लिन्छ, ब्याट्री चार्ज गर्छ र सजिलै स्मार्टफोन वा मोबाइल चार्ज गर्न सकिन्छ । हालै बजारमा ल्याइएको ज्याकेट पुरुषका लागि हो । वातानाबेले चाँडै युवतीहरुले लगाउने बिकिनी पनि तयार गर्दैछन्, जसमा सोलारको सुविधा हुन्छ ।

टिप्पणीहरू