पेटमा स्तन पलाउँदा

स्तनको आकार बढाउन गत साल शल्यक्रिया गराएकी चिनियाँ महिला पेटमा दुईवटा स्तन पलाएर समस्यामा परेकी छन् । शल्यक्रियाताका स्तनको आकार वृद्धि गर्न सुइमार्फत दिइएको एक खाले तरल पदार्थ (जेल) चुहिएर पेटमा पुगी त्यहाँ स्तन पलाएको ५० वर्षीया वाङको दाबी छ । चिकित्सकले प्रयोग गरेको उक्त अनौठो जेल चीनमा १० वर्षपहिल्यै प्रतिबन्ध लगाइसकिएको औषधि हो । वाङको पेटमा पलाएको स्तन हालसालै शल्यक्रियामार्फत काटेर फालिसकिएको छ । उनी स्वस्थ छिन् ।

टिप्पणीहरू