पाँचतारे शौचालय « Jana Aastha News Online
Logo
५ माघ २०७८, बुधबार
|  Wed Jan 19 2022

पाँचतारे शौचालय

प्रकाशित मिति :  ८ पुष २०७३, शुक्रबार ०९:०७


अनाकर्षण र फोहर हुने कारण सर्वसाधारण सार्वजनिक शौचालय पस्न मन पराउँदैनन् । चीनको चुङकिङ शहरमा त्यसैले यस्तो शौचालय निर्माण गरिएको छ, जसले दिने सुविधा पाँच तारे होटलको भन्दा कम छैन । ‘पाँचतारे शौचालय’ भित्र भुईंमा मार्बल बिछ्याइएको छ भने भित्तामा ग्रेनाइट । सिलिङमा झाड पानस झुण्ड्याइएको छ भने २४ घण्टै न्यानो हुने गरी २६ डिग्री सेल्सियस तापक्रम । पिसाब फेर्दै गर्दा बाहिरको हरियाली नियाल्न सकिन्छ शिशाको भित्तामार्फत । त्यस्तो शिशा लगाइएको छ, बाहिरबाट हेर्दा भित्रको केही देखिँदैन । यो सार्वजनिक शौचालय ८ लाख युआन अर्थात् १ लाख १५ हजार ८ सय डलर लागतमा तयार भएको हो ।


प्रतिक्रिया दिनुहोस !