करणी मुद्दाका फरार प्रतिवादी समातिए

करणी मुद्दाका फरार प्रतिवादी समातिए

बाँकेमा गत चैतमा जबरस्ती करणी मुद्दामा दोषी ठहर भइ फरार अपराधी आज पक्राउ परेका छन् ।

फरार रहेका राप्तिसोनारी गाउँपालिका–९, ढकेरी बस्ने २८ वर्षीय जितबहादुर थारू पक्राउ परेका हुन् । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेले उनलाई गत चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकेको थियो ।

फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अब थारुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

टिप्पणीहरू