सत्तापक्षको उग्र नारा : प्रचण्ड-शेरेको हतियार,चोलेन्द्र निर्दलीयताको मतियार !

सत्तापक्षको उग्र नारा : प्रचण्ड-शेरेको हतियार,चोलेन्द्र निर्दलीयताको मतियार !

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा ओर्लिएका प्रधानमन्त्री केपी ओलीनिकट युवा-विद्यार्थीहरुले उग्र नारावाजी गरेका छन् । अनेरास्ववियुको झण्डा बोकेका युवा-विद्यार्थीहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा,कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमर्यादित नारावाजी गरेका हुन् ।

प्रदर्शनकारीहरुले अशिष्ट र अमर्यादित नारावाजी गर्दै सर्वोच्चको फैसला नमान्ने चेतावनी दिएका छन् । सो क्रममा उनीहरुले ‘हामी केही जान्दैनौँ,असंवैधानिक फैसला मान्दैनौँ’, ‘गैरन्यायिक फैसला मूर्दावाद’, ‘अदालतको राजनैतिक हस्तक्षेप मूर्दावाद’, ‘अदालतभित्रका विदेशी मतियार होशियार’, ‘प्रचण्ड-शेरेको हतियार,चोलेन्द्र निर्दलीयताको मतियार !’, ‘शेरेलाई बुझ्न काफी छ,असोज-१८, माघ-१९ साक्षी छ’, ‘निर्दलीयता मूर्दावाद’, ‘गठबन्धनमा विचित्र, मुखुण्डो खोल्दा विदेशीका मित्र’, ‘नेपाली युवाको एउटै श्वर, संवैधानिक ईजलासमा चोरै-चोर’, ‘विदेशी प्रतिक्रियावादीका मतियार, दलाल गठबन्धन होशियार’,जस्ता नारावाजी गरेका छन्।

यसअघि महेश बस्नेतको नेतृत्वमा माइतिघरमा भेला भएका युवासंघका कार्यकर्ताले ‘सर्वोच्चको सबै फैसला मान्दैनौँ’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू