नेपालगञ्जमा संरक्षित वन्यजन्तुको अंग व्यापार मौलायो

नेपालगञ्जमा संरक्षित वन्यजन्तुको अंग व्यापार मौलायो

प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला,चितुवा प्रजातिको छाला,रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ वन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा बाँकेमा छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यहि क्रममा आज थप तीन जना पक्राउ परेका छन् ।

प्रहरीले संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला र भालुको पित्तसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपालगञ्जको पुष्पलाल चोक नजिक राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २१ वर्षीय रोबिन बुढा समातिएका हुन् ।

उनीहरुको साथबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला १ थान,भालुको पित्त ४ थान बरामद गरिएको छ । बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय,बाँके पठाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनामाथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

टिप्पणीहरू