गाडीको फोहोर

सरकारले भर्खरै नयाँ नियम निकालेको छ, अबआइन्दा कसैले पनि गुडिरहेको गाडीबाट फुत्त–फुत्त फोहोर फाल्न पाइँदैन । यदि, फालेको  भेटिएमा समातेर जरिवाना तिराइनेछ ।

नयाँ नियम आएपछि गाडी चलाउने चालक र खलासी सतर्क भएका छन् । कसैले फ्यात्त फोहोर फालिदियो भने जरिवाना । स्थिति खराब छ ।
यही अवस्थामा मलाई कहाँबाट हो खलासी प्रचण्डले चलाइरहेको गाडीको याद आयो । श्री प्रचण्ड खलासी नै भए पनि अहिले चालकको सिटमा बसेर गाडी चलाइरहनुभा’को छ । गाडी चलाएपछि भित्र अलिकति फोहोर त भइहाल्छ । अझ प्रचण्डको गाडीमा फोहोर कुँडा कर्कटबाहेक अरू केही छैन भन्दा पनि हुन्छ । तर, फोहोर भएर के गर्नु ! बाहिर फाल्नुभएन । केही फोहोर त यस्ता पनि छन् जो गन्हाएर हैरान छ ।

पूरा गाडी डुङडुङी गन्हाइसकेको छ । तर, गन्हाए पनि फाल्न मिलेन । उहाँ यतिबेला पूरा फोहोर बोकेर गाडी कुदाइरहनुभएको छ । गाडीबाट फोहोर फाल्न मिल्दैन भनेर बनाएको नियम । आफंैले तोड्न मिलेन । त्यसैले फोहोर बोकेरै भए पनि कुदाउनु परिरहेको छ । अर्को डम्पिङ साइट नभेटिएसम्म कुदिरहन्छ होला अब यो गाडी ।

टिप्पणीहरू