नक्कली प्रहरी सक्कलीको फन्दामा

नक्कली प्रहरी सक्कलीको फन्दामा

मोरङमा आफूलाई सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दालाई धम्क्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रंगेली नगरपालिका–२ मंगलबारे बस्ने २० वर्षीय मनिष राय धनपालथान गाउँपालिका–३, मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।
स्थानीय बासिन्दालाई धम्क्याउने गरेका उनलाई सीमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो ।

फागुनमा जबरजस्ती करणी, असारमा पक्राउ

गत फागुनमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेकालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बस्ने २५ वर्षीय दिनेश रानालाई प्रहरीले समातेको हो । उनले फागुन १४ गते बेलौरी नगरपालिका–२, गोकुलपुरमा ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए ।

टिप्पणीहरू