‘सर्वोच्चको फैसला व्यक्तिगत जीत-हारको विषय होइन’

‘सर्वोच्चको फैसला व्यक्तिगत जीत-हारको विषय होइन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जीत-हारका रुपमा नलिन आग्रह गर्नुभएको छ । उहाँले अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याएको दाबीसमेत गर्नुभयो ।

फैसलाको स्वागत गर्दै सभापति देउवाले देश र जनताको हितमा संयम र एकताका साथ काम गर्न थप जिम्मेवार बनाएको पनि बताउनुभएको छ । फैसलालगत्तै विज्ञप्ति जारी गर्दै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि भएका आन्दोलनमा सहभागी हुने विभिन्न राजनीतिक दल,कानून व्यवसायी, नागरिक आन्दोलन,सञ्चार माध्यमलगायत आमजनतालाई बधाई दिनुभएको छ ।विज्ञप्तिमा देउवाले अदालतको फैसलाले न्यायालयप्रतिको आस्था र विश्वासमा थप अभिबृध्दि भएको उल्लेख गर्नुभएको छ । ‘देश र जनताको हितमा सँयम र एकताका सा समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई व्यक्तिगत जीत-हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्छ भन्ने अपील र आग्रह गर्न चाहान्छु’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले आज दिउँसो बदर गरिदिएको थियो । सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेको छ ।

टिप्पणीहरू