देउवाका ज्योतिष पक्का

देउवाका ज्योतिष पक्का

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको प्रतिनिधिसभा चुनावको मुखमा धनगढीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै आफू पुनः दुई पटक प्रधानमन्त्री बन्ने बताउनुभएको थियो । उहाँले त्यसोभन्दा सबैले खिल्ली उडाएका थिए । सबैभन्दा मजाक प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ निकट नेता तथा कार्यकर्ताले गरेका थिए ।

तर, नभन्दै आज सर्वोच्च अदालतको आदेश पछि उहाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । गाउँका पैतृक ज्योतिषले देउवालाई थप दुई पटक प्रधानमन्त्री बन्ने बताउनुभएको थियो । नेपाली काँग्रेसले निर्वाचनमा पराजय भोगे पनि उहाँ साढे तीन वर्षपछि प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

अब देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । ज्योतिषले सात पटकको ग्यारेण्टी दिएका छन् । आगामी चुनावी सरकारको नेतृत्व समेत उहाँले नै गर्ने बाटो खुल्दै गएकाले पटक पटक प्रधानमन्त्री बनेर ज्योतिषको भविश्यवाणीलाई देउवाले पूरा पो गर्ने हो की ?

टिप्पणीहरू