माइतीघरमा संसद पुनर्स्थापनाको स्वागतमा भेला

माइतीघरमा संसद पुनर्स्थापनाको स्वागतमा भेला

संसद पुनर्स्थापनाको स्वागतमा आज दिउँसो ४ बजे माइतीघर मण्डलामा स्वागत कार्यक्रमको आयोजना गर्न लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको दुई पटकको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिँदै आएको सन्दर्भमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

संसद पुनर्स्थापनाको स्वागत गर्दै माईतीघर मण्डलामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रतिगमन बिरोधी सबैलाई आमन्त्रण गरिएको छ ।

आजै सर्वोच्च अदालतबाट भोलि साँझ ५ बजेसम्म नेपाली काँग्रेसका सभापति तथा संसदमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउने गरी परमादेश जारी भएको छ ।

त्यसैगरी अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कुनै पनि सांसदलाई दलीय ह्वीप नलाग्ने व्याख्या गरेको छ । यसबाट देउवालाई विश्वासको मत दिइएको अवस्थामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसदलाई पार्टीले कारबाही गर्न नमिल्ने अवस्थासमेत उत्पन्न भएको छ ।

टिप्पणीहरू