फैसलाअघि बालुवाटारमा ३ जनाको गोप्य बैठक,२३ जनाबाटै सुनियो विरोधको स्वर

फैसलाअघि बालुवाटारमा ३ जनाको गोप्य बैठक,२३ जनाबाटै सुनियो विरोधको स्वर

आज बिहान प्रधानमन्त्री निवास, बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ । बैठकअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल र नेता सुवास नेम्वाङबीच झण्डै आधा घण्टा गोप्य छलफल भएको थियो ।

छलफलमा भएको विषयबारे केही पनि बाहिर आएको छैन । आज सर्वोच्च अदालतबाट आउनसक्ने प्रतिनिधिसभा विघटनविरुद्धको फैसला र हिजो सहमति भएको भनिएको एमाले कार्यदलको प्रस्तावमाथि उहाँहरूले थप छलफल गरेको अनुमान गरिएको छ ।

यता, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट २३ जना सांसदमध्ये केहीले अदालतमा विचाराधीन मुद्दाबारे बालुवाटार निकटहरूबाट फैलाइएको हल्लाप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र उपप्रधान तथा अर्थ मन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले सार्वजनिक गर्नुभएका सोसम्बन्धी धारणामा उहाँहरूले असहमति जनाउनुभएको हो ।

टिप्पणीहरू