सर्वोच्चद्वारा देउवाको पक्षमा फैसला,प्रतिनिधिसभा पुनर्स्थापना,२ दिनमा नयाँ प्रधानमन्त्री

सर्वोच्चद्वारा देउवाको पक्षमा फैसला,प्रतिनिधिसभा पुनर्स्थापना,२ दिनमा नयाँ प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको जेठ ७ गतेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले भर्खरै यस्तो फैसला सुनाएको हो।

साथै अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ७ दिनमा संसद बोलाउन आदेश पनि दिएको छ। प्रधानमन्त्रीका रुपमा देउवाको यो पाचौं कार्यकाल हुनेछ ।

टिप्पणीहरू