श्रीमानहरु संवैधानिक इजलासमा छिर्दै,सर्वोच्च वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

श्रीमानहरु संवैधानिक इजलासमा छिर्दै,सर्वोच्च वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति

प्रतिनिधिसभा विघटनविरुध्दको मुद्दामा आज सर्वोच्च अदालतले निर्णय सुनाउने सम्भावनालाई मध्यनजर गर्दै अदालत बाहिर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । उता संवैधानिक इजलासका न्यायाधीशहरु सबै अदालतमा आइसक्नुभएको छ । अदालत आए पनि उहाँहरु मध्यान्ह साढे १२ बजेसम्म आ-आफ्नै च्याम्बरमा हुनुहुन्छ ।

एक छिनपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र अन्य चार जना न्यायाधीश संवैधानिक इजलासमा प्रवेश गर्नुहुने स्रोतले दाबी गरेको छ । इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा हुनुहुन्छ ।यसबीच सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै हाई अलर्टमा रहन गृह मन्त्रालयले मातहतका तीन वटै सुरक्षा निकायलाई निर्देशन दिएको बुझिएको छ । जसअनुसार काठमाडौंका रामशाहपथ,सर्वोच्च अदालत,सिंहदरबार,माइतीघर क्षेत्रमा अन्यत्र र अन्य दिनको तुलनामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको हो ।

सर्वोच्च वरपर र काठमाडौंका सडकमा आज पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाण्डौका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो । फैसलापछि उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति गराइएको हो ।

टिप्पणीहरू