लथालिंग देशमा यस्तै हुन्छ

३० वटा किताब बोक्नुको सास्तीले अचेल मान्यहरूको ‘चैन हराम’ भएको दृश्य देख्न पाइन्छ सिंहदरबारतिर । राष्ट्रिय योजना आयोगमा प्राडा. गोविन्दराज पोखरेल उपाध्यक्ष, स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा. गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राई सदस्य रहँदा गरिएको एउटा निर्णयका कारण मान्यहरू मारमा परेका हुन् । उनीहरू धारेहात लगाउँदै गोविन्द पोखरेललाई सरापिरहेका भेटिन्छन् ।

योजना आयोगले हरेक वर्ष योजना सार्वजनिक गरेसँगै भाग–२ किताब निकाल्थ्यो । त्यसमा सम्पूर्ण जिल्लाको बजेटदेखि योजना समावेश हुन्थ्यो । किताब प्रकाशन गर्ने वेला टोले नेतादेखि मान्य हुँदै मन्त्रीसम्मका यो योजना थपिदे र त्यो योजना झिकिदे भन्ने दबाब थेग्न नसकेपछि गोविन्दको अग्रसरतामा प्रत्येक मन्त्रालयको योजना तथा बजेटसम्बन्धी पुस्तक सम्बन्धित मन्त्रालयले नै छाप्ने निर्णय भएको थियो । यिनै विद्वान्ले गरेको एउटा निर्णयका कारण वार्षिक पचासौं करोडको व्ययभार राज्यमाथि थपिएको छ ।

जस्तो : यसअघि योजनासम्बन्धी उक्त पुस्तक प्रकाशन गर्दा योजना आयोगले दुई करोड हाराहारीमा खर्च गथ्र्याे । हरेक मान्य, एलडिओ, सिडिओको हात–हातमा पु¥याउँथ्यो ।

अहिले यो पुस्तक प्रकाशन गर्न मात्र हरेक मन्त्रालय आफैं सक्रिय हुनुपर्ने भयो । ३० वटा मन्त्रालयले एउटा पुस्तक प्रकाशन गर्ने नाममा ५० औं लाख खर्च गर्दा करोडांै खर्च हुने भयो । एकातिर आर्थिक रूपमा मुलुकलाई भार प¥यो अर्काेतर्फ पहिला योजना आयोगकै जनशक्तिबाट सम्पन्न हुने कामका लागि हरेक मन्त्रालयले थप जनशक्ति खटाउनुपर्ने भयो । योजना आयोगले रातो किताब भाग–२ निकाल्दा एउटै पुस्तक काफी हुन्थ्यो । अब यस्तो समय आयो कि एउटा जिल्लामा कति र कुन–कुन शीर्षकमा बजेट परेको छ भनेर हेर्न २७ वटा मन्त्रालय धाउनुपर्ने पीडाले मान्यवर छटपटिन थालेका छन् ।

टिप्पणीहरू