बाबु र काका नामका दुइ कलँक पक्राउ

बाबु र काका नामका दुइ कलँक पक्राउ

सिरहाको गोलबजार नगरपालिका ४ बाट आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको छ । ४० वर्षीय बाबुले छोरीलाई जवर्जस्ती करणी गरेका थिए ।

हिजो थाहा भएको सो घटनापछि बलात्कृत छोरीको स्वास्थ्य परिक्षण गरिने भएको छ । घट्नाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

त्यसैगरी आफ्नै नाबालक भतिजीलाई जवर्जस्ती करणी गर्न खोजेको आरोपमा सिरहा सखुवानन्कारकट्टी ३ बाट एक जना १८ वर्षीय युवक पक्राउ परेका छन् । हिजो आइतबार साँझ अभियुक्तले घरमा अरु कोही नभएको मौका पारेर नाबालिक भतिजी करणीको प्रयास गरेका थिए ।

नाबालिकाको योनीबाट रक्तश्राव भएको देखेपछि घटना बाहिर आएको हो । नाबालिकाको स्वास्थ्य परिक्षणको लागि लहान अस्पताल पठाइएको छ । पक्राउ परेका काका हालसालै मात्र पञ्जाबबाट गाउँ फर्किएका थिए ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दाहालका अनुसार आरोपित काकाविरुध्द थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू