किन आए नन्दलाल नयाँ दिल्लीबाट ? « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

किन आए नन्दलाल नयाँ दिल्लीबाट ?

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०८:४५


शुक्रवार दिउँसो एअर इण्डियाको नयाँ दिल्ली काठमाडौं उडानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर सोझै भारतीय दूतावास गएका नन्दलाल शर्माले आइतबार तल्लो अरुण जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन अनुमतिपत्रमा हस्ताक्षर गरेका छन् । ६ सय ७९ मेगावाट प्रस्ताव गरिएको उक्त जलविद्युत परियोजनाको निम्ति लगानी बोर्ड र भारतीय एसजेभीएन लिमिटेडबीच समझदारी भएको हो ।

संखुवासभा र भोजपुरमा निर्माण हुने भनिएको उक्त परियोजनाको लागि हालको विनिमयदर अनुसार १ अर्ब ३० करोड अमेरिकी डलरको आवश्यकता पर्छ । अर्धजलाशय प्रकृतिको उक्त परियोजना पनि अरुण तेस्रो जस्तै सार्वजनिक–निजी–साझेदारी (बुट) अवधारणामा निर्माण र हस्तान्तरण गरिने छ ।

अरुण तेस्रोमा २९ प्रतिशत ३० वर्षसम्म नेपाललाई विद्युत दिएझैँ तल्लो अरुणमा पनि २१ प्रतिशत अर्थात १ सय ४२ मेगावाट बिजुली निःशुल्क दिने प्रस्ताव गरिएको छ । अरुण तेस्रोले २९.९ प्रतिशत अर्थात १ सय ९८ मेगावाट निःशुक बिजुली दिने भनिएको छ । एसजेभीएन सतलज जलविद्युत निगम लिमिटेडको सहायक कम्पनी हो । सतलजमा भारत सरकारको स्वामित्व छ ।

नन्दलाल शर्मा एसजेभीएनका अध्यक्ष तथा प्रवन्ध निर्देशक हुन् । उनी एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेण्ट कम्पनीका अध्यक्ष पनि हुन् । यसअघि गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको सम्भाव्यता अध्ययनको लागि एसजेभीएन लिमिटेडलाई अनुमति दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !