हेर्नुस् त विदेशीले उचालेर पछारेको !

विदेशीले उचालेर कसरी पछार्छन् भन्ने तथ्य हेरौँ  ! सुशील कोइरालालाई दक्षिणतिरबाट उचाल्दाउचाल्दै प्रधानमन्त्रीमा उठाए । केबी गुरुङलाई राष्ट्रपतिमा उठाएर पछारे । नाकाबन्दीबीच सुशील कोइरालालाई भोट हाल्न आएका मधेसी दल अलिकति हच्किएपछि त बुझ्नु नि, राष्ट्रपतिमा खैरियत छैन भनेर ।

केबी गुरुङ पनि उस्तै सोझा । आफ्ना चेला झलनाथ खनाल र सुवाष नेम्वाङलाई सोधे, ‘सब ठीक हुन्छ हैन त ?’ यी दुई चेलाले भने, ‘सुशील कोइरालाको भन्दा पनि नराम्रो हालत हुन्छ सर †’ अनि, झस्किए केबी गुरुङ । सोधे, ‘हो र † कसरी ?’ चेलाहरुले भने, ‘सुशीलले प्रधानमन्त्रीमा जितेको भए मधेसी दलहरु भोट हाल्न आउँथे हो । ती पनि गइसके । एक्स्पोज भइसकेकाले अब तपाईंलाई भोट हाल्न आउँदैनन् ।’ यो सुनेपछि केबीले भने, ‘होइन–होइन, अन्तिममा त जसरी पनि भोट हाल्न आउने भनेका छन् ।’

०६५ मा प्रधानमन्त्री भएर ०६६ मा छोड्ने बेला प्रचण्डलाई पनि ‘तपाईंसँग दुई सय ४० सीट छँदैछ, अहिले छाडे पनि फेरि तुरुन्तै भइहाल्नुहुन्छ’ भनिएको थियो । रामचन्द्र पौडेल यसैगरी मुर्ख बनाइएका थिए । तीन पार्टी मिलेर ९० प्रतिशतले संविधान जारी गरे । अहिले १० प्रतिशतलाई मिलाउनका लागि ९० प्रतिशतलाई फुटाउने काम भइरहेको छ । मधेसीमार्फत कतिसम्म उल्लु बनाइँदैछ भने, १५ दिनभित्र संशोधन प्रस्ताव दर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने भने । दर्ता भएपछि स्वामित्व लिन्नौँ भन्दैछन् । यसले मुलुकको ध्रुविकरण बढायो । तैपनि  प्रचण्डको चेत खुलेन ।

टिप्पणीहरू