रात भयो– बाँकी के रह्यो ?

संविधान संशोधन प्रक्रिया अघि नबढ्दा सरकारपक्ष झन्झन् समस्यामा पर्न थालेको छ । ‘रात रहे अग्राख पलाउँछ’ भनेजस्तो सत्तापक्षको संख्या घट्दो छ । अस्तिदेखि अखण्ड नेपाल पार्टीका कुमार खड्काले आफूले सरकारको पक्षमा मत नहाल्ने भन्न थालेका छन् ।

उनी २ नं. प्रदेशबाट पहाड अलग्याइएको कुराका पनि विरोधी हुन् । गंगा चौधरी, गोपाल दहित, रुक्मीणी चौधरी पनि अहिलेको अवस्थामा सरकारलाई सहयोग नगर्ने निश्कर्षमा पुगेका छन् । उनीहरु एउटै अवस्थामा मात्र सरकारको पक्षमा हुने भए– कैलाली, कञ्चनपुरलाई पनि ५ नं. प्रदेशमा राख्ने अवस्था । राजकुमार राई र यशोदा लामाले पनि सरकारलाई गरेको समर्थन फिर्ता लिएका छन् । विश्वेन्द्र पासवान सोमबारदेखि विपक्षी बेञ्चमा बस्न थालेका छन् । सत्तारुढ नेपाली कांग्रेस र माओवादीकै केही सांसदले पदको पर्वाह नगरी संशोधनविरुद्ध प्रस्तुत हुने घोषणा गरिसकेका छन् । यसरी सरकारकै विपक्षमा २१० को संख्या जुट्न लागेको हो ।

टिप्पणीहरू