नयाँ एआईजी थापालाई दज्र्यानी चिन्ह

नयाँ एआईजी थापालाई दज्र्यानी चिन्ह

प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका सहकुलबहादुर थापालाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । थापालाई आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह लगाइ दिनुभएको हो ।

त्यस अवसरमा उहाँले संगठनलाई थप सुदृढ र व्यावसायिक बनाउन पूर्ण निष्ठाका साथ नयाँ जिम्मेवारी बोकेर अघि बढ्न थापालाई आग्रह गर्नुभएको थियो ।

एआईजी सहकुलबहादुर थापाले आफ्नो वुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लागिरहने बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

टिप्पणीहरू