महोत्तरीकी अर्की सुजिता खाडलमा फेला परिन्

महोत्तरीकी अर्की सुजिता खाडलमा फेला परिन्

महोत्तरीमा हत्या गरि पुरेको अवस्थामा महिलाको शव फेला परेको छ । घर परिवारले एक महिनादेखि हराएको बताउँदै आएकी सुजिता ठाकुरको शव आफ्नै ससुरा पतिराम ठाकुरको खेतमा निर्माणाधीन शौचालयको खाडलमा सडेको अवस्थामा फेला परेको हो ।

महोत्तरीको लोहारपट्टी भ्रमरपुराकी सुजिताको शव नौ फिट गहिरो सेफ्टी टयाङ्कीभित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले बताउनुभएको छ । जनआस्थासँग कुरा गर्दै मेयरले शव गाडिएको खाडलमाथि ढलानसमेत गरिएको बताउनुभयो ।

पहिले खेतमा सामान्य खाल्डो खनेर सुजितालाई पुरिएको प्रहरीले आशंका गरेको छ । खाल्डोमा शव रहेको प्रहरीले भेउ पाएको आशंकामा ठाकुर परिवारले शवलाई त्यहाँबाट सेफ्टिट्याङ्कीमा सारेको हुनसक्ने मेयरले पनि आशंका गर्नुभएको छ । शव खेतमा गाढेको जानकारी मृतकका भाईलाई समेत थाहा भएको यादवले बताउनुभयो ।

सुजिताको जेठ २० गते हत्या भएको अनुमान गरिएको छ । प्रहरीले केही दिन अघिनै सुजिताका श्रीमान र उनका भाईलाई पक्राउ गरेको थियो । ससुरा भने फरार छन् ।

टिप्पणीहरू