अनेरास्ववियुमा कार्यविभाजन र जिम्मेवारी बाँडफाँड

अनेरास्ववियुमा कार्यविभाजन र जिम्मेवारी बाँडफाँड

एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कार्यविभाजन र जिम्मेवारी बाँडफाँड गरेको छ । अनेरास्ववियुको चैत्र १० गते सम्पन्न कार्यकर्ता भेलाबाट सुदेश पराजुलीको नेतृत्वमा केन्द्रीय कमिटी गठन गरेपछिको पहिलो र दोस्रो बैठकबाट कार्यविभाजन गरिएको हो ।

अखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म विपरित गएर दुई–दुई पटक संसद विघटन गर्दै संविधान,लोकतन्त्र र राजनीतिक स्थायित्वको धज्जी उडाएको बताउँदै आएको छ । साथै, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एकपक्षीयरुपमा पार्टी गतिविधि अगाडि बढाएको आरोपसमेत अनेरास्ववियुको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको उक्त कदमले मुलुकको वामआन्दोलन,लोकतान्त्रिक प्रणाली र एमालेको आन्तरिक जीवन ध्वस्त भएको युनियनकी महासचिव आरती लामाद्वारा जारी पत्रमा उल्लेख छ । सर्कुलरबमोजिम प्रदेश नम्बर १ मा लोकेश निरौला,प्रदेश नम्बर २ मा सुदिप शर्मा,बाग्मती प्रदेशमा यशु लामा,गण्डकी प्रदेशमा हिरेन्द्र शाही, लुम्बिनी प्रदेशमा माधव पन्त, कर्णाली प्रदेशमा कल्पना थापा, सुदूरपश्चिम प्रदेशमा युवराज कुँवर र विश्वविद्यालय (विशेष प्रदेश) मा केशरी रेग्मीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै,युनियनले स्थायी कमिटीमा पनि संख्या थप गरेको छ भने प्रदेशअनुसार सचिवालय सदस्य समेत मनोनयन गरेको छ ।

[real3dflipbook pdf=”https://www.janaaastha.com/wp-content/uploads/2021/07/New-Doc-07-11-2021-18.06.pdf”]

टिप्पणीहरू