मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा खटिएकालाई खोलाले लग्यो

मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा खटिएकालाई खोलाले लग्यो

जाजरकोटमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-९ थानबाडाका १७ वर्षीया नारायणी सुनारको खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सरु खोलामा बालुवा निकाल्न गएकी सुनारको नुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।

यता, नवलपरासी (पूर्व)मा खोलामा डुबेर चार वर्षिया बालिकाको ज्यान गएको छ । मध्यविन्दु नगरपालिका-१५ बस्ने चिनमाया रानाकी ४ वर्षीया छोरी आकृती रानाको गोडार खोलामा डुबेर हिजो दिउँसो मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू